तिलोत्तमा १३ करौजियामा तारा खेल सुरु

पार्वती थारु , २३९  पटक हेरिएको

तिलोत्तमा, पुस १४

रुपन्देहीको तिलोत्तमा १३ करौजियामा शुक्रबार देखि तारा खेल सुरु भएको छ । सागरमाथा तारा समिती, न्यू सिर्जना युवा करौजिया तिलोत्तमा १३ करौजियाको आयोजनामा सुरु भएको तारा खेल यहि पुस १५ गते सम्म संचालन हुनेछ । समितीका अध्यक्ष चिन्त बहादुर गुरुङले तारा खेल आफैमा एतिहासिक भएको बताउनु भएको छ । शुक्रबारबाट सुरु भएको खेलको उद्घाटन प्रमुख अतिथी तथा तिलोत्तमा १३ का वडा अध्यक्ष नारायण ढकालले गर्नु भएको थियो ।

समितिका अध्यक्ष चिन्त बहादुर गुरुङको अध्यक्षतामा सुरु भएको तारा खेलमा प्रमुख अतिथी तथा तिलोत्तमा १३ का वडा नारायण ढकाल , विशिष्ट अतिथिहरु नरजङ गुरुङ, झम बहादुर गुरुङ ,करौजिया टोल सुधार समितिका अध्यक्ष छबिराम सोमै मगर, न्यू सिर्जना युवा क्लब अध्यक्ष सोबित दर्लामी, ओम राना ,नन्द प्रसाद गुरुङ ,सन्त बि.क.,हरि दर्लामी, गोपाल काफ्ले लगायत खेलाडीहरु को उत्साजनक सहभगिता रहेको छ । तारा खेलमा देवदह आर्चरी क्लब देवदह,अरनिको आर्चरी क्लब,सैनामैना आर्चरी क्लब सैना मैना,धौलागिरी आर्चरी क्लब सागरमाथा तारा समिती करौजियाका खेलाडीहरु सहभागी भएका छन ।

प्रकाशित मिति: २०२३-१२-३० , समय : ०७:३४:४६ , ५ महिना अगाडि