रुपन्देहीको मर्चवारी १ मा हत्या गरी फालिएको अवस्थामा बालिकाको शव फेला

घटनामा संलग्न अकवर अलि प्रहरीको नियन्त्रणमा

उर्मिला यादव यात्री , १९७  पटक हेरिएको

भैरहवा, पुस १४

रुपन्देहीको मर्चवारी गाउपालिका वडा नम्बर १ खुरखुरियाघाट नजिक गैडहवा नालामा एक बालिकाको हत्या गरि फालिएको अवस्थामा शव भेटिएको छ । शुक्रबार साझ ५ बजेदेखी हराइरहेकी मर्चवारी गाउपालिका वडा नम्बर १ इस्लामपुर बस्ने ८ बर्षिय नन्दनी कुर्मीको हत्या गरी पानीमा डुवाएर टाउको गाडीएको अवस्थामा आज बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटले जानकारी दिनु भएको छ ।

डिएसपी भटटका अनुसार प्रहरीको अनुसन्धानबाट कुर्मीको हत्या भएकोले यस घटनामा संलग्न सोही गाउपालिका वडा नंम्बर १ महाराजगंज बस्ने ३२ वर्षिय अकवर अलिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका अकवर अलिले शुक्रबार साझ ५ बजेको समयमा घरबाट मृतक कुर्मीलाई साईकलमा लिएर गएको र मारेर खोलाको पानीमा फालेको भनि खुलाएको डिएसपी भटटले जानकारी दिनु भएको छ । शव पोष्टमोर्टमको लागी प्रादेशिक अस्पताल वुटवलमा राखिएकोे छ ।

प्रकाशित मिति: २०२३-१२-३० , समय : १२:०४:४२ , ६ महिना अगाडि