बर्दियाबाट वनभोजका लागि हिडेको यात्रु बस दाङमा दुर्घटना

रुपन्देही खबर , १८७  पटक हेरिएको

दाङ, पुस १५

दाङमा वनभोजका लागि आएका यात्रु बोकेको बस दुर्घटना भएको छ। आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटना भएको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनु भएको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले २५ जना घाइतेको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र ४ र ५ जनालाई कोहलपुर पठाइएको जानकारी दिनु भएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१२-३१ , समय : ०९:२१:३० , ६ महिना अगाडि