धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित ५१ जना पक्राउ

रुपन्देही खबर , २७७  पटक हेरिएको

काठमांडौ , पुस १६
जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको माइतीघर मण्डलबाट अध्यक्ष राउतसँगै ५१ जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएर नेपाल पुलिस क्लबमा राखेको जनाएको छ ।

अध्यक्ष राउतसहित उनीहरू धोती दिवस मनाउन माइतीघर मण्डलमा पुगेका थिए । अध्यक्ष राउत लगायतले निषेधित क्षेत्रमा कार्यक्रम गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ। माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: २०२४-०१-०१ , समय : ११:२६:५३ , ६ महिना अगाडि