पुर्वराजा शाहलाई भैरहवामा आज नागरिक अभिनन्दन गरिदै

रुपन्देही खबर , ४३५  पटक हेरिएको

भैरहवा, पुस १९

विभिन्न धार्मिकस्थलहरुको अवलोकन भ्रमणमा रहनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिने भएको छ ।पूर्वराजा शाहलाई पुस १९ गते बिहीबार आज दिउँसो साढे १२ बजे सिद्धार्थनगर नगरपालिका–४ स्थित उद्योगपुरी पुरानो सुगरमिल प्रांगणमा अभिनन्दन गरिने नागरिक अभिनन्दन समारोह मूल आयोजक समिति रुपन्देहीका सह–संयोजक अजय कुमार गुप्ताले बताउनु भएको छ । कार्यक्रमको तयारी पूरा भइसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष समेत रहनु भएका गुप्ताले जानकारी दिनु भयो ।

पूर्वराजा शाह र पूर्वरानी कोमल राज्य लक्ष्मी देवी शाहको वृहत नागरिक अभिनन्दन कार्यक्रम रहेको आयोजक समितिका सदस्य सचिव गोपाल शर्माले बताउनु भएको छ । शाहलाई अभिनन्दन गर्न रुपन्देहीसँगै कपिलवस्तु र नवलपरासीबाट लाखौं जनता कार्यक्रममा उपस्थित हुने शर्माले बताउनु भयो । शर्माका अनुसार विभिन्न संघ–संस्थाले पनि पूर्वराजा शाहलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २०२४-०१-०४ , समय : १०:४०:५२ , १० महिना अगाडि