नवलपरासीमा चोरीका मोटरसाइकल सहित ५ जना पक्राउ

रुपन्देही खबर , ४१८  पटक हेरिएको

परासी, पुस १९

पश्चिम नवलपरासी प्रहरीले चोरीका मोटरसाइकल सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकलबाट चोरी गरि चलाइएको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट चोरी गरि चलाएको अवस्थामा बा १९ प ८४९१ नम्बरको निलो कलरको स्पेलेन्डर मोटरसाइकल फेला पारेको हो ।प्रहरीको टोलिले मोटरसाइकल चोरीको संलग्न बर्दघाट नगरपालिका १६ केराबारीका २४ वर्षिय मदन थापालाई पक्राउ गरेको हो।

प्रतापपुर गाउँपालिका(२ मा रहेको छाया खाजा घर अगाडि पार्किङ गरेर राखिएको अवस्थामा मोटरसाइकल हराएको खाजा घर संचालकले निवेदन दिएका थिए । त्यसैको आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले कागजात नभएको बा २४ प १७५९ नम्बरको एन्भेन्जर मोटरसाइकल सहित बर्दघाट नगरपालिका(१६ केराबारीकै प्रविम सुनारलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ गरेका व्यक्तिलाई थप अनुसन्धान गर्दा चोरीमा संलग्न बर्दघाट नगरपालिका १६ केराबारिका १९ वर्षीय रोहन क्षेत्री,बर्दघाट नगरपालिका(१६ केराबारी बस्ने सुशील कुमाल र बर्दघाट नगरपालिका १६ केराबारी बस्ने सोनु सुनारलाई पक्राउ गरिएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी एवं डिएसपी रेशम बोहराले जानकारी दिनु भएको छ । मोटरसाइकल चोरीमा संलग्न पाचै जनालाई चोरी तथा डाँका सम्बन्धि कसुर मुद्धामा अनुसन्धान भइरहेको बोहराले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०१-०४ , समय : १०:५०:३० , ५ महिना अगाडि