दाङमा ट्रयाक्टर दुर्घटना हुँदा २८ जना घाइते

अन्जना चौधरी , २२६  पटक हेरिएको

दाङ, पुस १९

दाङमा बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन । बुधबार साँझ करिव ५ बजेर १५ मिनेटमा लु २ त ५१६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भएको छ । घाइते हुनेहरु सबै गढवा गाउँपालिका वडा नम्बर ४ पर्साका रहेको प्रहरीले बताएको छ। जानकारी पाउन साथ दुर्घटना स्थलमा पुगी उद्दार गरी २८ जनालाई उपचारकाका लागि लमही अस्पतालमा पठाइएको थियो ।

गढवा गाउँपालिका र लमही नगरपालिकाको ६ वटा एम्बुलेन्स प्रयोग गरी घाइतेहरुलाई अस्पताल र्पुयाइएको गढवा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य टुकमान कवंरले जानकारी दिनु भएको छ ।गाडी चालक गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा बस्ने अन्दाजी ३४ बर्षिय आशाराम चौधरीलाई प्रहरीले स्वास्थ्य चेकजाँच गरी आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: २०२४-०१-०४ , समय : ११:२६:५५ , २ महिना अगाडि