कपिलवस्तुमा बसको ठक्करबाट एक जनाको मृत्यु

प्रीन्स मिश्रा , ७०७  पटक हेरिएको

कपिलवस्तु, कार्तिक २२

कपिलवस्तुको बनगाईमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा अर्घाखाँचीको खनदह घर भई हाल बाणगंगा नगरपालिका–७ मा बसोबास गर्दै आएका ३६ वर्षीय भीमलाल पोख्रेल रहेका छ्न ।

सुपादेउरालीबाट रिजर्भ गरेर पश्चिमबाट पूर्वतर्फ गइरहेको लु २ ख ३१५ नम्बरको बसले ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय, पिपराका अनुसार बस र चालकलाई नियन्त्रणमा लिइएको छ। मृतक पोख्रेलको शव पोष्टमार्टमका लागि पिपरा अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: २०२४-११-०७ , समय : ०६:४९:२२ , २ वर्ष अगाडि