मानव बेचविखन तथा ओसारपसार कसूरमा कृष्णनगरबाट एक जना पक्राउ

अजय मिश्र , २८३  पटक हेरिएको

कपिलवस्तु, मंसिर २३

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंकगेट बाट मानव बेचविखन तथा ओसारपसार कसूरमा एकजना व्यक्ति पक्राउ परेका छन् । मंसिर १७ गते जिल्ला नुवाकोट दुप्तेश्वर गाउँपालिका वडा नंम्बर ७ का २५ बर्षिय शिसिर तमाङले परिवर्तित नाम ५१ (छ) कृष्णनगरलाई काठमाडौं बाट विभिन्न प्रलोभन देखाई बेचविखन तथा ओसारपसार गर्ने उद्देश्यले नेपालको कृष्णनगर हुदै भारत तर्फ लैजादै गरेको अवस्थामा पक्राउ परेका छन्।

पक्राउ परेका तमाङलाई कपिलवस्तु जिल्ला आदालतबाट म्याद थप गरि अनुसंधान भैरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-१२-०८ , समय : १२:१२:२२ , ११ महिना अगाडि