नवलपरासीमा लागुऔषध सहित एक युवा पक्राउ

रुपन्देही खबर , २८९  पटक हेरिएको

सुनवल, पुस १०

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा ड-१२ भूमहीबाट लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १९ वर्षीय शौरव वली रहेका छन।

भुमही-परासी सडक खण्डमा चेकजाँच गर्ने क्रममा शंका लागेर पैदल यात्रामा आउदै गरेका वलीको साथबाट १७ एम्पुल डाइजोपाम,१७ एम्पुल फेनारागन, र १७ एम्पुल ब्रोनोफिन बरामद गरेको हो।

पश्चिम नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाका अनुसार वलीलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२४-१२-२६ , समय : ००:१०:४९ , ६ महिना अगाडि