रुपन्देही खबर , १५० पटक हेरिएको

लुम्बिनी , बैशाख २४
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ ले महिला तथा किशोरीहरुको लागि निःशुल्क १५ दिने रेसमको धागोबाट माला, चुरा ,औँठी र कानवाली बनाउने तालिम सम्पन्न गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका नगर प्रबक्ता एवं वडा नम्बर २ का वडा अध्यक्ष इनामुल्लाह फकिरको अध्यक्षता तथा नगरपालिकाका उपप्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिका सामाजिक विकास शाखा प्रमुख शेषराम यादव ,वडा सचीव पशुपति लम्साल ,वडा सदस्य त्रिभुवन अहिर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे । २५ जना किशोरी तथा महिलाको सहभागिता रहेको तालिमको सहजीकरण प्रशिशक नन्दु चौधरीले गर्नुभएको थियोे । भने कार्यक्रमको संचालन ग्लोबल ट्रेनिङ्गका सुनिता पाठकले गर्नुभएको थियो । लुम्बिनी सांस्कृतिक वडा नम्बर –२ को कार्यालयको आयोजना तथा ग्लोबल ट्रेनिङ्ग सेन्टर सिद्दार्थनगरको व्यवस्थापन सहयोगमा तालिम सम्पन्न भएको हो ।
प्रकाशित मिति: २०२५-०५-०७ , समय : १०:००:१७ , २ महिना अगाडि