फोहर व्यवस्थापन गर्ने गरी लुम्बिनीमा सरसफाई अभियान सुरु

रुपन्देही खबर , ८९  पटक हेरिएको

लुम्बिनी,बैशाख २५

लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनी क्षेत्रको फोहर व्यवस्थापन गर्दै बुधबारदेखि सरसफाई अभियान सुरु गरेको छ । बुधबार विहान लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरि सरसफाई अभियान सुरुवात गरिएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले जबसम्म समुदायमा चेतना फैलिदैन तबसम्म सरसफाईको काम प्रभावकारी नहुने भएकोले यो अभियान सुरु गरिएको बताउनुभएको छ ।

अभियानको अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीलाई सधैभरी सफा, हराभरा र स्वच्छ राख्न सरसफाई अभियानको सुरुवात गरिएको बताउनुभयो । उहाँले लुम्बिनीलाई सरसफाईयुक्त बनाउन फोहर व्यवस्थापन केन्द्र र हरित उद्यान निर्माण गरिसकेको बताउदै फोहरको समस्या अब अन्त्य हुने बताउनुभएको छ म

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले बुधबारदेखि सरसफाई अभियानको औपचारिक सुरुवात गरेको बताउँदै यो अभियानमा लुम्बिनीका सरोकारवाला सम्बद्ध संघ संस्थाको सहकार्य रहेको उल्लेख गर्नुभयो । उहाँले नगरको कुहिने र नकुहिने फोहर तालिका बनाएरै अलग गरेर व्यवस्थापन गर्ने बताउँदै पुरानो फोहर उठाउन अझै एक महिना लाग्ने अनुमान गरेको उल्लेख गर्नुभयो ।

त्यसैगरी अभियानकै अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा फोहरको समस्या अव समाधानको दिशातर्फ गएकोमा खुसी ब्यक्त गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका र युएनडिपीको सहकार्यमा फोहोर मैला व्यवस्थापनको काम भएको र त्यसमा लुम्बिनी विकास कोषको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनीको फोहोर एक साता अघिदेखि नै संकलन गरेर फोहर प्रशोधन केन्द्रमा जम्मा गरेको छ । नगरपालिकाले कुहिने र नकुहिने फोहर संकलन गरि बर्गीकरण गरेर नगरलाई स्वच्छ बनाउने अभियान सुरु गरेको हो । अभियानमा लुम्बिनी साँस्कृतिक नगरपालिका , यूयनडिपी, लुम्बिनी विकास कोष, ससस्त्र प्रहरी बल, जनपथ प्रहरी,लुम्बिनीमा कृर्याशिल संघ सस्था, ब्यवसायी, आमा समुह, क्लब तथा स्थानियको सहभागिता रहेको थियो 

प्रकाशित मिति: २०२५-०५-०८ , समय : ११:४०:०६ , २ दिन अगाडि