लिटल फ्लावर्स अङ्ग्रेजी माध्यमिक विद्यालयको बसमा आगलागी

सबै विद्यार्थी सकुशल

तुलसीराम पौडेल , १५७  पटक हेरिएको

फर्साटिकर बैशाख २५

रुपन्देहीको शुद्धोधन गाउँपालिका -४ सौ फर्साटिकरको , साझा टोल स्थित बिहीबार  बिहान करिब १० बजे लिटल  फ्लावर्स अङ्ग्रेजी माध्यमिक विद्यालयको बसमा आगलागी भएको छ। आइसर कम्पनीको उक्त बसमा सट सर्किटका कारण आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थल शुद्धोधन गाउँपालिका–४ को साझा टोल नजिकै भएको हो। घटनाको समयमा बसमा विद्यार्थीहरू सवार थिए। स्थानीय बासिन्दाहरूको तत्काल उद्धार प्रयासका कारण सबै विद्यार्थीहरू सकुशल बाहिर निकालिएका छन्। आगलागि बाट कुनै मानवीय क्षति नभएको स्थानीयले बताएका छ्न ।

स्थानीयले समयमै सहयोग पुर्‍याएर ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै प्रहरी प्रशासनले धन्यवाद व्यक्त गरेको छ। स्थानीय बासिन्दाहरूले विद्यालयले तत्काल  विद्यार्थी र चालकहरूलाई आपत्कालीन अवस्थाको तालिम दिनुपर्ने बताएका छन् । चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गराउनुपर्ने र नियमित सवारी जाँच गर्नुपर्नेमा जोड दिइएको छ। साथै, स्कुल आवतजावतको समयमा विशेष ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रशासन र ट्राफिक विभागलाई अनुरोध गरिएको छ।

विद्यालय प्रशासनले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ भने आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन थप सतर्कता अपनाइने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: २०२५-०५-०८ , समय : १६:१६:३२ , १ दिन अगाडि