सिद्धार्थ संजाल रुपन्देहीद्धारा भैरहवाको बुद्ध चोकमा दिप प्रज्जवलन

रुपन्देही खबर , १३५  पटक हेरिएको

भैरहवा, बैशाख २८

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६९ औं बुद्ध जयन्तीको पुर्व सन्ध्यामा सिद्धार्थ संजाल रुपन्देहीले देशमा सुख, शान्ति र समृद्धिको कामना सहित भैरहवाको बुद्ध चोकमा दिप प्रज्जवलन गरेको छ । संजालका अध्यक्ष अनिल ज्ञवालीको अध्यक्षतामा भएको दिप प्रज्जवलन कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले महामानव गौतम बुद्धको सम्झना स्वरुप दिप प्रज्जवलन गरिएको बताउनु भएको छ । उहाले गौतम बुद्धको जन्म लुम्बिनीमा भए पनि सिद्धार्थनगर भैरहवाको बाटो हुदै बुद्धका अनुन्यायी, बुद्धिष्टकर्मी लगायत पर्यटकहरु आउने नाका भएकोले यही नाका र बाटो हुदै पर्यटकहरु लुम्बिनी जाने भएकोले गर्दा उनीहरुलाई दिप प्रज्वलन स्वागत गरिएको बताउनु भयो ।

उहाले दिप प्रज्जवलन कार्यक्रमले यस क्षेत्रमा सुख, शान्ति, र समृद्धि हुने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले गौतम बुद्धको संदेश बिश्वभर फैलाउने आफुहरुको उदेश्ये रहेको बताउदै यसमा सबैले सहकार्य गरी अघि बढन आग्रह गर्नु भएको छ ।

दिप प्रज्वलन कार्यक्रममा कार्यक्रम संयोजक हरि सेठियाले बोल्दै भगवान गौतम बुद्धको आजभन्दा २६४९ बर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा मायादेवीको कोखबाट वैशाख शुक्लपूर्णिमाका दिन जन्म भएकोले बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनमा बुद्ध जयन्ती मनाउदै आएको बताउनु भएको छ । उहाले नेपालको ऐेतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई लुम्बिनीले बिश्व मंचमा अझै मजबुत बनाएको जोड दिदै यसको संरक्षण,प्रवद्र्धन तथा प्रचारप्रसार गर्नु सम्पुर्ण नेपालीको कत्र्तब्य भएको जोड दिनु भयो ।

मधु पन्थीले संचालन गर्नु भएको कार्यक्रममा चेम्बर अफ कर्मश रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, समाजसेवी बिजय गोबिन्द सागर लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । दिप प्रज्वलन कार्यक्रममा भैरहवावासी उत्साहजनक सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०५-११ , समय : २१:२१:२४ , १९ घन्टा अगाडि