रुपन्देही खबर , ८० पटक हेरिएको

परासी, जेठ ६
पश्चिम नवलपरासीबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोईन सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–९ कर्मेनी बस्ने बर्ष ४८ बर्षिय सुरेन्द्र प्रसाद हरिजन रहेका छन ।
उनलाई लागुऔषध खैरो हिरोईन कारोबारी गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय परासी र प्रहरी चौकी गेर्मीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा धर्मशालाको खाटमा रहेको बिस्तारा मुनि लुकाई राखेको अवस्थामा खैरो हिरोईन ५० पुडिया (नेट तौल ४६.३८० ग्राम) फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम डीएसपी वीर दत्त पन्तले जानकारी दिनु भएको छ । पक्राउ परेका हरिजनलाई हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०५-२० , समय : २२:३९:३४ , १७ घन्टा अगाडि