उर्मिला यादव यात्री , २३६ पटक हेरिएको

भैरहवा, जेठ २९
शान्ति पुर्न स्थापना गृह सिद्धार्थनगर १ बेलहिया रुपन्देहीले बुटवलबाट ६ जना युवतीलाई उद्धार गरेको छ । रोजगारीको सिलसिलामा नेपालबाट भारतको दिल्ली हुदै कुवेत जान लागेका ६ जना युवतीहरुलाई आज बिहीबार गृहले उद्धार गरेको शान्ति पुनः स्थापना गृह सिद्धार्थनगर १ बेलहिया रुपन्देहीका प्रमुख नितेश चौधरीले जानकारी दिनु भएको छ ।
चौधरीका अनुसार शान्ति पुनः स्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भुमीराज भटटराईले सो युवतीहरुका बारेमा जानकारी दिए संगै फ्रि भिसा फ्रि टिकटमा घरेलु कामदारका रुपमा भारतको दिल्ली हुदै कुवेत जान लागेका ६ जना युवतीहरुको साथमा कुनै प्रमाणपत्र नभेटिएपछि मानव बेचबिखनको उच्च जोखिममा पर्न सक्ने भएकोले उनीहरुलाई गृहले उद्धार गरेको हो ।
उनीहरुले कुवेतमा घरेलु कामदारको रुपमा एक सय २० रुपैया कुवेती रियल नेपाली ५५ हजार रुपैया महिनाको तलब भएकोले आफुले खासै नचिनेको एजेण्ट मार्फत कुवेत जान लागेको बताएका छन । युवतीहरु नवलपरासी, ललितपुर , खोटांग लगायत क्षेत्रका हुन । एक जनालाई प्रहरीको रोहबरमा परिवारको जिम्मा लगाइएको छ भने ५ जनालाई राखिएको गृहका प्रमुख चौधरीले जानकारी दिनु भएको छ ।
पछिल्लो समय भारतको बाटो हुदै घरेलु कामदारका लागी कुवेत जानेको संख्या बढन थालेपछि गृहले बुटवल लगायत बेलहिया नाकामा थप निगरानी बढाएर काम गर्दै आएको छ ।
प्रकाशित मिति: २०२५-०६-१२ , समय : २१:४१:३० , २ हप्ता अगाडि