रुपन्देही खबर , ४०० पटक हेरिएको

भैरहवा, जेठ २९
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले तीनदिने उद्घोषण तथा भाषण कला तालिम (प्रशिक्षण) सम्पन्न गरेको छ । सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा बिहीबार एक कार्यक्रमका बिच तालिमको समापन गरिएको हो ।तालिमको समापन कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि समाजसेवी नारायण प्रसाद अग्रवालले तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले प्रशिक्षकले बाटो देखाउने र प्रशिक्षार्थी त्यो बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
यस्तै गरी सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले युवा वर्गको नेतृत्व तथा व्यक्तित्व विकास गर्नका लागि तालिमको आयोजना गरिएको बताउनुभएको छ । उहाँले आगामी दिनमा पनि यस्तै मानवीय बिकासमा लगानी गर्ने र यसलाई निरन्तरता दिने बताउनुभएको छ ।
वडा सदस्य किरन देवी सुनारको स्वागत मन्तब्य रहेको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–१३ का वडा सदस्य सीता बुढाप्रिति, निलु श्रीस, वडा नम्बर ७ का वडा सदस्य सुष्मा प्रधान, रुपन्देही तेक्वान्दो संघका कोषाध्यक्ष रुक्मा थपलिया, प्रशिक्षक तथा पत्रकार शंकर पाण्डे, प्रशिक्षार्थी मुस्कान अग्रवाल, शोभा भट्टराई, स्वेता श्रेष्ठ, मनिष कुमार अग्रवाल लगायतले बोल्नुभएको थियो । भने कार्यक्रम संचालन वडा सदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो । तालिममा २२ जनाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०६-१२ , समय : २२:१५:०९ , २ हप्ता अगाडि