गोपाल सेवा समिती गैडहवाको पालिका स्तरीय भेला तथा दोस्रो अधिवेशन सम्पन्न

गया प्रसाद यादवको अध्यक्षतामा २१ सदस्यीय नया कार्य समिती चयन

उर्मिला यादव यात्री , २८८  पटक हेरिएको

भैरहवा, असार १

गोपाल सेवा समिती गैडहवा गाउपालिका स्तरीय भेला तथा दोस्रो अधिवेशनले गया प्रसाद यादवको अध्यक्षतामा २१ सदस्यीय नया कार्यसमिती चयन गरेको छ । शनिवार गैडहवा ६ सुर्यपुरा मा.बि.मा भएको पालिका स्तरीय भेला तथा दोस्रो अधिवेशनले यादवको अध्यक्षतामा नया कार्य समिती चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा बिसम्भर यादव, उपाध्यक्षमा हेमन्त यादव, सचिवमा हेमान्चल यादव, सहसचिवमा बिजय यादव, कोषाध्यक्षमा राजेश यादव रहनु भएको छ ।


यस्तै गरी सदस्यहरुमा संजय कुमार यादव, रामबृक्ष यादव, बिरेन्द्र यादव, तमेश्वर यादव, चन्द्रभान यादव, सुग्रीम यादव, दुखी यादव, अमेरिका यादव, दिपक यादव, युवराज यादव, शिवरतन यादव, रामदिप यादव, बेचन यादव, दिपक कुमार यादव लाई चयन गरिएको छ । यस्तै गरी सल्लाहकार समितीमा रामचन्दर यादव, बिजय यादव, रामबली यादव, रामदेव यादव, जग्गुल यादव रहनु भएको छ ।


गोपाल सेवा समितिका क्षेत्रीय अध्यक्ष रामबेलास यादवको अध्यक्षता तथा गोपाल सेवा समिती रुपन्देही जिल्ला अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष भरथरी यादवको प्रमुख आतिथ्यतामा शनिवार एक कार्यक्रमका बिच गोपाल सेवा समिती गैडहवा गाउपालिका स्तरीय भेला तथा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।

भेलामा बोल्दै प्रमुख अतिथी भरथरी यादवले नव निर्वाचित कार्य समितीलाई नियमित रुपमा बैठक बसेर कार्ययोजना बनाएर काम गर्न आग्रह गर्नु भएको छ । उहाले गोपाल सेवा समितीले समाजमा सोचे जति काम गर्न नसके पनि आगामी दिनमा नया योजनाका साथ काम गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी क्षेत्रिय अध्यक्ष रामबेलास यादवले रुपन्देही जिल्लाको हरेक निर्वाचन क्षेत्रमा समिती बिस्तार गर्दै गए मात्र संगठनलाई बलियो बनाउन सक्ने दाबी गर्नु भएको छ । उहाले गोपाल समिती एकजुट भएर काम गर्न सके मात्र समाजमा उदाहरणीय बन्न सक्ने बताउनु भएको छ । उहाले यो समुदायलाई एक ढिक्का भएर अगाडी बढन आग्रह गर्नु भएको छ । उहाले यादव समुदायको ऐतिहासिक महत्व भएकोले सोही नामलाई उचो राख्दै एकताबद्ध भएर काम गर्न जोड दिनु भयो ।

कार्यक्रममा बिजय यादवको स्वागत मन्तब्य रहेको गाउपालिका स्तरीय भेला तथा दोस्रो अधिवेशनमा गोपाल सेवा समितीका जिल्ला सदस्य रामचन्द्र यादव,आदर्श कलेज खुदाबागरका क्याम्पस प्रमुख रामबली यादव, जिल्ला सदस्य राजाराम यादव, गोपाल सेवा समितीका लुम्बिनी नगर अध्यक्ष बिमलेश यादव लगायतले बोल्दै यादव समुदाय पछिल्लो समय हरेक क्षेत्रमा अगाडी बढे पनि अझै पनि एकताको डोरीमा बाधिन आवश्यक भएको जोड दिनु भएको थियो ।


भने कार्यक्रम संचालन लुम्बिनी नगर सचिव युवा नेता राम औतार यादवले गर्नु भएको थियो । कार्यक्रममा स्थानिय, समाजसेवी , सरोकारवाला निकाय लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०६-१५ , समय : २१:२७:०० , २ हप्ता अगाडि