अक्वा पार्कको स्वीमिङ पुलमा डुबेर भारतीय नागरिकको मृत्यु

रुपन्देही खबर , २३१  पटक हेरिएको

भैरहवा ,असार ५

भैरहवास्थित लुम्बिनी एम्युजमेन्ट पार्कको ‘स्वीमिङ पुल’मा डुबेर एक जनाको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-१ स्थित लुम्बिनी एम्युजमेन्ट ( अक्वा ) पार्कमा पौडी खेल्ने क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतको नौतनवाँ स्थायी घर भएका १७ वर्षीय साइल अन्सासी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२५-०६-१९ , समय : ०५:५८:११ , १ हप्ता अगाडि