रुपन्देही खबर , १२५ पटक हेरिएको

काठमाण्डाै ,असार ६
बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा भोलिदेखि १५ दिनका लागि रातिमा यात्रुवाहक गाडी चलाउन रोक लगाइने भएको छ ।
आज बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बेलुकी साढे ६ देखि बिहान ५ बजेसम्म यात्रुवाहक गाडी चलाउन रोक लगाएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभएको छ ।उहाका अनुसार मालवाहक गाडीलाई भने नरोक्ने निर्णय भएको छ ।
काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडक खण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको हो ।
प्रकाशित मिति: २०२५-०६-२० , समय : १८:०७:०० , १ हप्ता अगाडि