धर्मेन्द्र कुमार कुर्मी , ११२ पटक हेरिएको

कपिलवस्तु, असार १४
ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम हुने अन्सारी चयन भएका छन् । ओल्मा काउन्सिल नेपालकाे प्रथम जिल्ला अधिवेशनबाट अन्सारीलाई सर्वसम्मत रुपले जिल्ला अध्यक्ष पदमा चयन गरिएकाे हाे ।
जिल्लाकाे कपिलवस्तु विजयनगर गाउँपालिकाकाे सभाल खडैचाका सम्पन्न प्रथम अधिवेशनले अन्सारीकाे नेतृत्वमा १९ सदस्य जिल्ला कार्य समिति चयन गरिएको छ । जसकाे वरिष्ठ उपाध्यक्षमा अलि हसन मुसलमान, उपाध्यक्षमा नुरुलाह पठान, सचिवमा अहमद यार खाँ, सह-सचिवमा असगर अलि भाँट, काेषाध्यक्षमा माेहम्मद अहमद रजालाई सर्वसम्मत चयन भएका छन् ।
यस्तै ओल्मा काउन्सिल नेपालकाे जिल्ला कपिलवस्तु इन्चार्जकाे जिम्मेवारी मुजिवउर्रहमान दिएकाे छ भने मिडिया इन्चार्जकाे जिम्मेवारी नाैशाद अलि मियाँलाई दिएकाे जनाइएको छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद सराज अहमद फारुकीले आफ्नो हकअधिकारका लागि बहस गरि अगाडि बढ्न आवश्यक रहेको बताउनु भएको छ। उहाले संवैधानिक प्रावधान अनुसार एकजुट भएर लाग्नुपर्नेमा जाेड दिनु भयो । मुस्लिम समुदाय शिक्षामा धेरै पछाडी परेकाे भन्दै जनचेतनामूलक कार्यक्रमकाे आयाेजना गर्न आवश्यक देखिएकाे उहाको भनाइ छ ।
यस्तै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले एकताबद्ध हुनुपर्नेमा जाेड दिनु भयो । आफ्नाे हकअधिकार सुनिश्चितताका लागि निरन्तर लाग्न जरुरी रहेकाे बताउनु भएको छ । मुस्लिम समुदायकाे लागि शिक्षा क्षेत्रमा आवश्यकता अनुसार बजेट विनियोजन गर्दै आएकाे बताउँदै प्रदेश र संघ सरकारमा समेत पहल गर्दै सक्दाे सहयोग गर्ने प्रतिबद्धता समेत गर्ने गर्नु भएको छ ।
कार्यक्रमलाई ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमान, ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरी, समाजसेवी डाक्टर जहिरुल खाँ, भुलन शाह, माैलनाहरु लगायतले सम्बाेधन गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०६-२८ , समय : २०:५४:५९ , १० घन्टा अगाडि