रुपन्देही खबर , ९५ पटक हेरिएको

भैरहवा, असार १५
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले बिहीबार एक कार्यक्रमका बिच पौष्टिक आहार वितरण तथा स्वास्थ्य चेकजाँच कार्यक्रम सम्पन्न गरेको छ । सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँको प्रमुख आतिथ्यतामा वडा भित्रका जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरु गरी एक सय २ जनालाई पौष्टिक आहार बितरण गरिएको हो ।
कार्यक्रमको उदघाटन गर्नुहुदै प्रमुख अतिथी इश्तियाक अहमद खा ले जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरुलाई सम्मान गर्नुपर्ने बताउनु भएको छ । उहाले वडा नम्बर ५ ले जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरुको सम्मान गर्नु नै एकदमै उदाहरणीय कार्य भएको बताउदै यस्तो राम्रो काम गर्ने पहिलो वडा नै सिनपा वडा नम्बर ५ भएको दाबी गर्नु भयो । उहाले सिद्धार्थनगरमा जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरुलाई कदर भएको बताउनु भएको छ ।
उहाले सिनपा वडा नम्बर ५ को सम्पुर्ण टिमलाई धन्यवाद दिदै यस्तै टिमको आवश्यकता हरेक नगर र वडामा भएको बताउनु भएको छ । नगर प्रमुख खां ले वडामा भएका एकल महिला, जेष्ठ नागरिक, र अपांगहरुलाई वडाले पहिचान गरी सम्मान गर्नु नै उत्तम कार्य भएकोले यस्ता उदाहरणीय कार्यका लागी प्रदेश सरकारबाट पनि सहयोग हुुनुपर्ने उल्लेख गर्नु भयो । उहाले भैरहवामा सहयोगी हातहरुको कमी नभएको बताउदै यस्तै सहयोग हरेक क्षेत्रमा गर्नुपर्ने जोड दिनु भएको छ । उहाले जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरुको लागी नगरले समेत सहयोग गर्दै आएको जानकारी दिनुभएको छ ।
यस्तै गरी नगर उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले वडाभित्र आएका बजेटहरु सहि ठाउमा लगानी गर्दै आएको बताउनु भएको छ । उहाले सिनपा वडा नम्बर ५ ले वडा भित्रका सबै वर्ग, जाति, धर्म र समुदायलाई समेटेर काम गर्र्दै आएको बताउदै वडा नम्बर ५ को सिको अरु वडाले पनि गर्नुपर्ने बताउनु भयो । उहाले हरेक नागरिकले आफनो घरमा भएका आमा बुवाहरुलाई सम्मान गर्र्दै आफनो दायित्व निर्वाह गर्नु पर्ने बताउनु भएको छ ।
यस्तै गरी कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरु समाजको धरोहर र हाम्रा अभिभावक भएको बताउनु भएको छ । उहाले आफना अभिभावकहरुलाई हरेक छोराछोरीले सेवा गर्नुपर्ने संदेशका साथ वडाले सम्मान गर्दै आएको बताउनु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले आफना वडा भित्र रहेका जेष्ठ नागरिक, एकल महिला, तथा अपांग ब्यक्तिहरुलाई हरेक बर्ष धार्मिक तीर्थयात्रा गराउदै आएको बताउनु भएको छ ।
वडाध्यक्ष श्रेष्ठले जनताबाट निर्वाचित प्रतिनिधी भएकोले जनताप्रतिको जिम्मेवारी सधै बोध हुने गरी काम गर्दै जाने प्रतिबद्धता गर्नु भएको छ । उहाले वडा नम्बर ५ ले वडाभित्रका जेष्ठ नागरिकहरुको घर घरमा पुगेर स्वास्थ्य सेवा दिदै आएको बताउदै वडा भित्रका नागरिकहरुलाई कुनै पनि समस्या परे वडामा जानकारी गराउन अनुरोध समेत गर्नु भएको छ ।
वडाध्यक्ष श्रेष्ठले वडाबासीहरुको क्षमता बिकास र आत्मनिर्भर बनाउनका वडाले बिभिन्न किसिमका तालिमहरु जस्तै ब्युटी पार्लर तालिम, बेसिक कम्प्युटर तालिम ,सेनेटरी प्याड बनाउने तालिम लगायत चुरापोते बनाउने तालिमहरु समेत संचालन गर्दै आएको बताउनु भयो । उहाले सिद्धार्थनगर नगरपालिकाले सधै जनताको हकहितमा रहेर मानवीय बिकासमा जोड दिदै काम गर्दै जाने बताउनु भएको छ ।
वडा सदस्य सरस्वती श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रम संचालन सिनपा वडा नम्बर ५ का वडासदस्य बिनित कुमार बेरीवालले गर्नु भएको थियो भने कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष सोमबहादुर गुरुङ, समाजसेवी नारायण प्रसाद अग्रवाल, उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, समाजसेवी आनन्द प्रसाद गुप्ता, केशव प्रसाद गुप्ता, डा.शम्भु कुमार गुप्ता, भैरहवा नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक चुन्न प्रसाद पाण्डे, पूर्व वडाअध्यक्ष भरत सिंह विजुक्छे, वडा सचिव वन्दना उपाध्याय लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०६-२९ , समय : १४:५४:०६ , ८ घन्टा अगाडि