रुपन्देही खबर , ९७ पटक हेरिएको

बुटवल, साउन १
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नं. ३ जानकीनगरको एक घरबाट सुन चोरीमा संलग्न भएको आरोपमा तीन जना युवाहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा बुटवल उप–महानगरपालिका वडा नंम्बर ७ बस्ने २३ बर्षिय बिष्णु थापा, बुटवल उप–महानगरपालिका वडा नं. १३ का २५ बर्षिय युसुक गुरुङ र बुटवल उप–महानगरपालिका वडा नं. ६ का २२ बर्षिय बिशाल तामाङ रहेका छन ।
जिल्ला प्रहरीले कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीका अनुसार तिलोत्तमा ३ जानकीनगरका ध्रुव भण्डारीको घरबाट सुनका गरगहनाहरु चोरी भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले टोलीले असार ३० गते उक्त घटनामा संलग्न तीनै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनाको शरीर खानतलासी गर्दा कुच्चिएको अवस्थामा मङ्गलसूत्र १ थान बरामद भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न तिनै जनालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट अनुसन्धान कार्य भइरहेको डिएसपी कार्कीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२५-०७-१७ , समय : ११:११:०९ , ३ दिन अगाडि