सर्पको टोकाइबाट कपिलबस्तुमा १४ महिने शिशुको ज्यान गयो

रुपन्देही खबर , १२६  पटक हेरिएको

कपिलवस्तु ,साउन १

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा सर्पले डसेर १४ महिने शिशुको ज्यान गएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानलाई गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर ज्यान गएको हो ।

सर्पले डसेपछि अचेत भएकी शिशुलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको थियो । उपचारका लागि केन्द्रमा लैजाने क्रममा शिशुको बाटोमै ज्यान गएकाे हाे । गाउँमा सर्पको आतङ्क बढ्दो भए पनि प्रभावकारी उपचार सेवाको अभावले धेरैको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति: २०२५-०७-१७ , समय : १८:१८:५१ , २ दिन अगाडि