लुम्बिनी नलकुप जल उपभोक्ता संघ क्षेत्रीय समितिको ३४ औं साधारण सभा

तुलसीराम पौडेल , १०१  पटक हेरिएको

मानपकडी ,साउन ३

रुपन्देही स्थित लुम्बिनी नलकुप जल उपभोक्ता संघ क्षेत्रीय समिति मानपकडिको ३४ औ साधारण सभा शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । लुम्बिनी नलकुप जल उपभोक्ता संघ क्षेत्रीय समिती मानपकडी रुपन्देहीका अध्यक्ष नवलराज भट्टराईको अध्यक्षता तथा मुलसमिती अध्यक्ष दलबहादुर थापाको प्रमुख आतिथ्यतामा शनिबार शुद्धोदन –५ मा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्नु हुदै मुलसमिती अध्यक्ष थापाले किसानको लागि भैलुभूज सबैभन्दा राम्रो योजना हुँदा हुदै पनि राज्यले ओझेलमा पारेको बताउनु भएको छ । उहाले किसानका अनगिन्ती समस्याहरु भएको बताउदै किसान एकजुट भएर आवाज उठाउन नसक्दा सरकारले किसानलाई वास्ता नगरेको बताउनुभयो । उहाँले भैलुभूज परियोजनाबाट संचालित पम्पहरुलाई निरन्तर प्रभावकारी रूपमा संचालनको लागि सम्पूर्ण किसानहरूले आफ्नो पम्प सम्झेर संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा क्षेत्रीय समिति सदस्य टिकाराम रानाभाटको स्वागत मन्तव्य रहेको कार्यक्रममा भैलुभूजका इन्जिनियर मोहन कुमार नेपाल, मुलसमिती महासचिव अवध विहारी दुबे ,पम्प नम्बर २६ का अध्यक्ष कृष्ण बहादुर महत लगायतले मन्तव्य दिनु भएको थियोे । कार्यक्रममा क्षेत्रीय समिती अध्यक्ष नवलराज भट्टराईले संस्थाको प्रतिवेदन तथा आयव्यय प्रस्तुत गर्नुभएको थियोे । भने कार्यक्रमको संचालन जितबहादुर चौधरीले गर्नु भएको थियो । कार्यक्रमको व्यवस्थापन क्षेत्रीय समिती उपाध्यक्ष दामोदर पौडेल र क्षेत्रीय समिति सचीव रमेशचन्द्र मिश्रले गर्नुभएको थियोे ।

 

प्रकाशित मिति: २०२५-०७-१९ , समय : २२:१०:२५ , १८ घन्टा अगाडि