भैरहवाबाट मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

रुपन्देही खबर , १३९  पटक हेरिएको

भैरहवा, साउन ४

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहिणी गाउँपालिका वडा नम्बर २ का २५ वर्षिय अमरनाथ गुप्ता, ओमसतिया गाउँपालिका वडा नम्बर ५ का २० वर्षिय कलिम अन्सारी र रोहिणी ३ का १८ वर्षिय राम सतिश गुप्ता रहेका छन । प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–५ स्थित पवन मिष्ठान्न भण्डार अगाडी पार्किङ गरी राखेको लु ५६ प ८०३२ नम्बरको पल्सर मोटरसाइकल साउन २ गते चोरी भएको थियो ।

मोटरसाइकलधनी नवराज यादवले दिएको उजुरीको आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले तीनै जनालाई चोरी भएको मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिनु भएको छ ।

 

प्रकाशित मिति: २०२५-०७-२० , समय : २०:२६:१८ , १५ घन्टा अगाडि