रुपन्देही खबर , १५३ पटक हेरिएको

भैरहवा, साउन ४
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको बिभिन्न स्थानबाट ५ लाख २४ हजार ५० रुपैया मुल्य बराबरको अबैध सामान नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट शनिबार र आइतबार खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्दा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरिरहेको अवस्थामा उक्त मुल्य बराबरको अबैध सामान नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मायादेबी गाउँपालिका वडा नं. ६ बेथरीबाट ३० किलो दाल , ५० किलो चिनी , ६५ प्याकेट ईन्डियन गेट चामल, ओरियो बिस्कुट ९ प्याकेट, स्प्राईट २ लि. को ८ वटा गरी अन्दाजी २० हजार ६ सय ५० रुपैया मुल्य बराबरको सामान बरामद गरेको जनाएको छ । यस्तै गरी वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अंचलपुरबाट साडी २० पिस, सुट ५४ पिस र छालाको बेल्ट २०० पिस गरी रु.१ लाख ५५ हजार ६सय रुपैया बराबरको सामान बरामद गरेको छ ।
यस्तै गरी इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बसपार्कबाट लिड बल्ब २५४ वटा र युरिया मल ४ बोरा गरी १ लाख ८० हजार मुल्य बराबरको सामान र भारत जिल्ला रामपुर थाना अलिनगर सोमाली बस्ने ३५ बर्षिय को आरिफ खांन समेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै गरी इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले गैडहवा गाँउपालिका वडा नं. ४ बाट लु ४ प ७६९२ नं. को मोटरसाईकलमा ल्याउदै गरेको सोनापापड मिठाई १५० के.जि., कुभिण्डो मिठाई ५० के.जि. र भुजा १ बोरा गरी मो.सा. सहित रु. ९५ हजार ८ सय बराबरको सामान बरामद गरेको छ ।
यस्तै गरी इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुरचोकबाट मटर ३० के.जी., लेडिज सुट २१ पिस गरी १८ हजार मुल्य बराबरको सामान बरामद गरेको जनाएको छ । यस्तै गरी अस्थायी प्रहरी बिट मंगलापुरबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका ७ भलवाडीवाट मिठाई २ बोरा, लेडिज सुट १४ पिस, जेन्स कोट पाईट ४ थान, साडी ५ पिस, सिफन कपडा २ थान, बलाउज कपडा २ थान गरी ५४ हजार मुल्य बराबरको सामान बरामद गरेको जनाएको छ ।
नियन्त्रणमा लिएका सामानहरु आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२५-०७-२० , समय : २०:५७:०९ , १३ घन्टा अगाडि