महिला अधिकार र कानुनी परार्मश सम्बन्धी सचेतना कार्यक्रम भैरहवामा सम्पन्न

रुपन्देही खबर , ९०  पटक हेरिएको

भैरहवा, साउन १६

सिद्धार्थ संजाल रुपन्देहीले महिला अधिकार र कानुनी परार्मश सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संजालका अध्यक्ष अनिल ज्ञवालीको अध्यक्षता तथा माइती नेपाल रुपन्देहीको प्रमुख माया क्षेत्रीको प्रमुख आतिथ्यतामा साउन ९ गते शुक्रबार भैरहवामा एक कार्यक्रमका बिच महिला अधिकार र कानुनी परार्मश सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको माइती नेपाल रुपन्देहीका प्रमुख माया क्षेत्रीले महिला अधिकार र कानुनी प्रावधानका बिषयमा जानकारी गराउदै महिला हक र अधिकार बारेमा सहजीकरण गर्नु भएको थियो । उहाले महिला अधिकार संग सम्बन्धित राष्टिय तथा अन्तराष्टिय कानुनहरुको बारेमा समेत जानकारी गराउदै महिला सम्बन्धमा भएका कानुनी ब्यवस्थाहरु , महिला अधिकार संरक्षण गर्ने अन्तराष्टिय प्रतिबद्धता , मानव बेचबिखन तथा शोषण बिरुद्धको अधिकार, महिलाका सार्वजनिक तथा राजनितिक जिवनमा सहभागिताको अधिकार, ग्रामिण महिलाको अधिकार , कानुनी समानताको अधिकार लगायत संबिधानको धारा ३८ महिलाकोे हक लगायतका बिषयमा सहजीकरण गर्दै जानकारी दिनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले महिलाहरूले आफूमाथि हुने हिंसा तथा विभेदका घटनाबारे डर नमानिकन कानुनी सहयोग लिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले महिलाको हक अधिकारको सुनिश्चितता र कानुनी पहुँच विस्तारका लागि समाजमा अझ धेरै सचेतना आवश्यक रहेको बताउनुभएको छ ।


यस्तै गरी संजालका सचिव बिन्दु न्यौपानेले महिलामाथि हुने हिंसा, विभेद तथा दुव्र्यवहारका घटनाहरू अझै पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै महिलाहरूलाई आफ्नो हक अधिकारप्रति सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “महिलाहरूले आफूले भोगेका समस्या लुकाएर बस्नु हुँदैन। कानुनी अधिकारबारे जानकारी लिएर, आत्मविश्वासका साथ न्यायको लागि आवाज उठाउनुपर्छ। यस्ता सचेतनामूलक कार्यक्रमहरूले महिलामा आत्मबल र कानुनी पहुँच दुवै बढाउन सहयोग गर्छ।”

सचिव न्यौपानेले यस्ता कार्यक्रमहरू विद्यालय, समुदाय र स्थानीय तहसम्म विस्तार गर्न सक्ने हो भने महिलाको सशक्तिकरणमा थप टेवा पुग्ने बताउनुभएको छ । कार्यक्रममा कार्यक्रम संयोजक शान्ता कण्डेलको स्वागत मन्तब्य रहेको कार्यक्रममा संजालका सचिव बिन्दु न्यौपाने, मधु पन्थी, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सल्लाहकार बाबुराम केसी , उपाध्यक्ष शान्त कुमार शर्मा, बिश्वकर्मा बिभिन्न महिला समाजका अध्यक्ष ,लगायत बिभिन्न महिला समुहहरुको अध्यक्ष ,पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०८-०२ , समय : ००:५८:२५ , १६ घन्टा अगाडि