रुपन्देही खबर , ३१४ पटक हेरिएको

भैरहवा, साउन २८
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मुद्धा मिलाईदिन्छु भनि ठगी गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नं.३ बस्ने ३३ बर्षिय गुड्डु खान भन्ने कैश मोहम्मद साई रहेका छन । खानले हिरासतमा रहेका व्यक्तिहरूका आफन्तलाई सम्पर्क गरी रिहाइको प्रलोभन देखाएर पटक–पटक गरी ४५,००० रुपैयाँ लिइसकेको र थप ३,००,००० रुपैयाँ माग गरिरहेको गोप्य सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा अनुसन्धान र खोजतलास गर्ने क्रममा खानलाई शनिबार साँझ सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बाट नियन्त्रणमा लिइएको हो।
प्रहरीले खानको साथबाट नगद १५,००० रुपैयाँ र एक थान मोबाइल बरामद गरेको छ । साथै, उनको बा १४ च ७८६ नम्बरको गाडी पनि नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका खान उपर ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: २०२५-०८-१३ , समय : १८:३२:५० , १८ घन्टा अगाडि