जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

रुपन्देही खबर , २८६  पटक हेरिएको

बर्दिया,साउन २९

१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–६ दमौली बस्ने ३६ वर्षीय शिवलाल सुनार रहेका छन ।

शिवलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२५-०८-१४ , समय : १३:२२:३४ , २३ घन्टा अगाडि