मल–खादको चरम अभाव समाधानको माग गर्दै भैरहवामा विरोध प्रदर्शन

सरकारले तत्काल ठोस निर्णय नलिए कडा आन्दोलनमा जाने चेतावनी

उर्मिला यादव यात्री , १०६  पटक हेरिएको

भैरहवा,साउन ३०

मल–खादको चरम अभाव समाधानको माग गर्दै संघीय लोकतान्त्रिक मोर्चाले शुक्रबार रुपन्देहीको भैरहवामा विरोध प्रदर्शन तथा धर्ना गरेको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी र जनता प्रगतिशील पार्टी लगायतका दलहरुले संयुक्त रूपमा भैरहवामा प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन सहित धर्ना दिएका थिए ।


विरोध प्रदर्शन तथा धर्ना कार्यक्रममा बोल्दै जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले सरकारले समयमै मल–खादको व्यवस्था गर्न नसक्दा किसानहरू मारमा परेको बताउनुभएको छ । उहाले किसानको मागअनुसार मल–खाद सहज रूपमा उपलब्ध नभएपछि कालोबजारमा अत्यधिक मूल्यमा मल खरिद गर्न किसान बाध्य भएको जिकिर गर्नु भयो । उहाले महगो मुल्यमा खादमल किन्नु पर्दा किसान थप संकटमा परेको उल्लेख गर्दै, सरकारले तत्काल ठोस निर्णय नलिए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनु भएको छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै जसपाका केन्द्रीय सदस्य तथा युवा नेता कैलाश गुरुङले जनताको समस्या समाधानको पहलका लागी आफुहरु मैदानमा उत्रिएको बताउनु भएको छ । उहाले बर्तमान सरकारले देशलाई बन्दक बनाएर राखेको आरोप लगाउनु भयो । उहाले अब सम्पुर्ण नेपालीहरु मिलेर अगाडी बढन आग्रह गर्दै छिटो भन्दा छिटो किसानको समस्यालाई समाधान गर्न आग्रह गर्नु भएको छ । उहाले आज शान्ति रुपमा भएको मोर्चाको बिरोध सभालाई कमजोर नठान्न आग्रह गर्दै किसानको माग पुरा नभए कडा रुपमा आन्दोलन गर्ने चेतनावनी दिनु भएको छ । युवा नेता गुरुङले किसानको मुद्धालाई छिटो भन्दा छिटो समाधान गर्न आग्रह गर्दै तीन दिन भित्रमा किसानले मल नपाए आगो बालेर सडकमा उत्रिने चेतावनी दिनु भयो ।

यस्तै गरी नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य नन्दा चौधरीले किसानलाई सरकारले हरेक समयमा अत्याचार, अन्यायमा पार्दै आएको आरोप लगाउनु भयो । उहाले किसानले न त समयमा मल पाउछ नत बालीको उचित मुल्य पाउछ भन्दै गुनासो गर्नु भयो । चौधरीले बर्तमान सरकारलाई निकम्मा सरकारको संज्ञा दिदैे किसानको लागी काम गर्न नसक्ने सरकार, देश र जनतालाई नचाहिने जिकिर गर्नु भयो । चौधरीले भन्नुभयो, “धान रोपाइँ सकिएको छ, तर किसानलाई आवश्यक मल नपाउँदा बाली पहेँलिँदै गएका छन । यो केवल कृषि मात्रको समस्या होइन, किसानको अस्तित्व र जीवन–मरणको प्रश्न हो। सरकारले तत्काल पहल गर्नुपर्छ।” उहाले किसानको पिरमर्का नबुझने सरकारलाई जनताले बहिष्कार गर्ने चेतावनी समेत दिनु भएको छ ।

यस्तै गरी विरोध प्रदर्शन तथा धर्ना कार्यक्रममा जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष राम अवतार यादवले देशभर नै मल खादकोे हाहाकार भएको बताउनु भएको छ । उहाले नेपाल सरकारलाई किसान लक्षित कार्यक्रम ल्याउन माग गर्दै किसानलाई सहजरुपमा मलखाद उपलब्ध गराउन आग्रह गर्नु भएको छ । उहाले बर्तमान सरकार भ्रष्टचारमा लिप्त भएको र किसानको समस्यालाई नजर अन्दाज गरेको आरोप लगाउनु भयो । उहाले नेपालमा अत्यधिक मल हुदा पनि किसान समक्ष नपुगेको गुनासो गर्दै अब यसो भएमा जसपा नेपाल किसानको साथमा भिषण आन्दोलनमा उत्रिने चेतावनी दिनु भयो ।

यस्तै गरी विरोध प्रदर्शन तथा धर्ना कार्यक्रममा जसपा नेपाल रुपन्देहीका सचिव विष्णु अधिकारी, लोसपाका युवा नेता रामकिसुन नायक, लोसपा सिद्धार्थनगरका अध्यक्ष बसिर खान, जसपा नेपाल सिद्धार्थनगरका अध्यक्ष जावेद आलम लगायतले बोल्दै किसानको दुःख र पीडालाई राज्यले बेवास्ता गरेको भन्दै कडा शब्दमा आलोचना गर्नुभएको थियो । मोर्चाका नेताहरूले मलको सहज आपूर्ति, कालाबजारी नियन्त्रण र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गर्न सरकारलाई चेतावनी दिएका छन। विरोधमा सहभागीहरूले नाराबाजी गर्दै मल अभाव समस्या समाधान नभएसम्म कडा आन्दोलनमा उत्रिने बताएका छन ।

विरोध प्रदर्शन तथा धर्ना संगै यता संघीय लोकतान्त्रिक मोर्चाले मल–खादको चरम अभाव समाधानका लागि नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार मोर्चाका प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका मार्फत प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेलाई बुझाउँदै किसानको जीवन–मरणसँग जोडिएको समस्यामा तत्काल कदम चाल्न आग्रह गरेका छन । भने ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले संघीय लोकतान्त्रिक मोर्चाले बुझाएको ज्ञापनपत्र नेपाल सरकारसमक्ष पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: २०२५-०८-१५ , समय : २१:५३:१० , १० घन्टा अगाडि