अवैध माटो उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा

रुपन्देही खबर , ७८  पटक हेरिएको

भैरहवा,भदौ १

रुपन्देहीमा अवैध माटो उत्खनन् तथा ओसारपसार कार्यमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शुक्रबार मायादेवी गाउँपालिका–७ मर्चवारीस्थित क्षेत्रबाट अवैध रुपमा माटो उत्खनन् तथा ओसारपसार गरिरहेको अवस्थामा लु १ क ३०१३ नम्बरको जे.सि.बी. र लु २ ख ४२७६ नम्बरको हाईवा फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि मायादेवी गाउँपालिका कार्यालयमा पठाइएको थियो । सो प्रकरणमा गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गर्दै आज रु. १ लाख ४० हजार जरिवाना असुल गरी सवारी साधन छाडेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले वातावरणीय क्षति पुर्‍याउने गरी हुने अवैध उत्खनन् नियन्त्रण गर्न निरन्तर चेकजाँच र निगरानी भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२५-०८-१७ , समय : २१:३८:५८ , ५ घन्टा अगाडि