गोलिगढ टोल सुधार समितिद्वारा तीज गीत कार्यक्रम र यात्रु प्रतिक्षालय निर्माणको निर्णय

रुपन्देही खबर , १०७  पटक हेरिएको

भैरहवा,भदौ ४
गोलिगढ टोल सुधार समिति सिद्धार्थनगर रुपन्देहीले नियमित बैठक सम्पन्न गर्दै नेपाली नारीहरूको महान पर्व हरितालिका (तीज) को अवसरमा यस बर्ष पनि तीज गीत कार्यक्रम गर्ने निर्णय गरेको छ ।

समितिको बैठकले बिगत वर्षझैं यस वर्ष पनि मिति २०८२ भदौ १० गते मंगलबारका दिन गोलिगढ चोकमा तीज गीत कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । सो अवसरमा स्थानीय महिलाहरुको सांस्कृतिक प्रस्तुतिसहितको कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने तयारी गरिएको समितिले जनाएको छ ।

त्यस्तै, बैठकले गोलीगढ क्षेत्रको प्रवेशद्वार रहेको सिद्धार्थ राजमार्ग छेउ अञ्चलपुरस्थित ट्राफिक चेकिङ चोक वरिपरि यात्रु प्रतिक्षालय निर्माण गर्ने महत्वपूर्ण निर्णय समेत गरेको छ । यात्रुहरूको सहजताका लागि प्रतिक्षालय निर्माण गर्न स्थानीयवासी र सरोकारवालासँग सहकार्य गरिने समितिले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०८-२० , समय : १७:३५:२५ , ९ घन्टा अगाडि