रुपन्देही खबर , १४७ पटक हेरिएको

भैरहवा,भदौ ८
कुसे औंसी पावन अवसरमा हाम्रो समाज परिवार सिद्धार्थनगर–१२ ले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित श्री सत्य साई वृद्धाश्रममा आर्थिक सहयोग तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक सहयोग तथा खाद्यान्न वितरण गर्नु हुँदै समाजका अध्यक्ष गणेश चालिसेले समाजका तर्फबाट निरन्तर सामाजिक सेवामूलक कार्य गर्दै आएको बताउँनु भएको छ । उहाले आगामी दिनमा पनि अशक्त, विपन्न समुदाय तथा वृद्ध–वृद्धाहरूप्रति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । अध्यक्ष चालिसेले भन्नुभयो – “समाजले वृद्ध आमाबुबालाई सम्मान र स्नेह दिनुपर्छ भन्ने भावनाले यो कार्यक्रम आयोजना गरिएको हो । वृद्धाश्रममा बस्ने आमाबुबाले यहाँबाट पनि परिवारको मायाँ पाउनुपर्छ भन्ने हाम्रो चाहना हो । हाम्रो समाज आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व पूरा गर्न यस्ता कार्यक्रम निरन्तर गर्दै जानेछ ।” कार्यक्रममा समाजका सदस्य तथा स्थानीयको सक्रिय सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०८-२४ , समय : १२:४४:०२ , १३ घन्टा अगाडि