मानव बेचबिखन विरुद्ध अन्तरक्रिया तथा तीजको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

रुपन्देही खबर , १६५  पटक हेरिएको

भैरहवा,भदौ ९
शान्ति पुनर्स्थापना गृह सिनपा १ बेलहिया शाखा रुपन्देहीले भैरहवामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सरोकारवाला निकायहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।


सोही अवसरमा नारीहरुको महान पर्व हरितालिका तीजलाई समर्पित गर्दै शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीहरुले मानव बेचबिखन रोकथामका लागि संयुक्त प्रयास र सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।

शान्ति पुनर्स्थापना गृह बेलहिया शाखा रुपन्देहीका प्रमुख नितेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उहाले मानव बेचबिखन जस्तो गम्भीर अपराध अन्त्य गर्न समाजका सबै क्षेत्रको सक्रियता आवश्यकता रहेको बताउनु भएको छ । उहाले “समाजमा महिला तथा बालबालिकाको सुरक्षा हाम्रो पहिलो दायित्व भएको बताउदै तीज जस्तो पर्वले महिलाबीच आत्मीयता र एकताको सन्देश दिदै आएकोले त्यही आत्मीयता र सहयोगले मानव बेचबिखन रोक्न सकिने जोड दिनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, सामाजिक अभियन्ता तथा महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०८-२५ , समय : १५:२०:४८ , ९ घन्टा अगाडि