आज ऋषि पञ्चमी पर्व मनाइँदै

रुपन्देही खबर , ६७  पटक हेरिएको

भैरहवा, भदौ १२

आज ऋषि पञ्चमी पर्व, सप्त ऋषिको पूजाआराधना गरी मनाइँदैछ । महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ ।

स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ‘ऋषि पञ्चमी’ भन्ने गरिएको हो ।

आज रुपन्देही लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ ।

प्रकाशित मिति: २०२५-०८-२८ , समय : १७:१५:४० , १२ घन्टा अगाडि