रुपन्देही खबर , २६८ पटक हेरिएको
भैरहवा, भदौ १६
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहक, अभिकर्ता, बीमित, कर्मचारी, एजेन्सी म्यानेजरलगायत कम्पनीसँग आबद्धलाई भैरहवास्थित एसियन होटल लिमिटेड (एसियन बुद्ध होटल) ले छुट प्रदान गर्ने भएको छ । सोमबार होटल र इन्स्योरेन्सबीच सम्झौता अनुसार होटलले सम्पूर्ण सुविधामा १५ प्रतिशत छुट प्रदान गर्ने भएको हो ।
सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा एसियन बुद्ध होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डे, अपरेशन म्यानेजर जे.पी. सुवेदी, सिटिजन लाईफ इन्स्योरेन्सका रिजनल म्यानेजर नरेश सिग्देल र भैरहवा शाखा प्रमुख गिरिजा खनालको उपस्थिति थियो । यो सम्झौताको अवधि एक वर्षसम्म लागू हुनेछ । चारतारे एसियन बुद्ध होटल सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवामा छ ।
यसअघि होटल र एनआईसी एसिया बैंकबीच छुट सम्झौता भएको थियो । सम्झौता अनुसार बैंकको डेबिट, क्रेडिट, प्रिपेड कार्डहोल्डर र मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई होटलले सम्पूर्ण सुविधामा १५ प्रतिशत छुट प्रदान गर्नेछ । त्यसै गरी बैंकका कर्मचारीले पनि होटलका सेवासुविधामा १५ प्रतिशत छुट पाउनेछन् ।
प्रकाशित मिति: २०२५-०९-०१ , समय : २०:५८:५० , २ महिना अगाडि