रुपन्देही जिल्लाभर कर्फ्यू आदेश जारी

रुपन्देही खबर , १४४  पटक हेरिएको

भैरहवा,भदौ २४

रुपन्देही जिल्लाभर कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डा. टोकराज पाण्डेले सोमबार साँझ जारी गरेको आदेशअनुसार बेलुका ८:३० बजेदेखि अर्को आदेश नआएसम्मका लागि कर्फ्यू लागु गरिएको हो ।

प्रजिअ पाण्डेका अनुसार जिल्लाभित्र सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप हुने सम्भावनालाई दृष्टिगत गर्दै शान्ति सुरक्षा कायम गर्नुपर्ने आवश्यकता भएकाले कर्फ्यू आदेश जारी गरिएको हो ।

आदेशअनुसार कर्फ्यू अवधिभर कसैले आवतजावत गर्न नपाउने, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाइनेछ । आदेश उल्लंघन गर्ने व्यक्तिमाथि कानुनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०९-०९ , समय : २२:४१:२३ , १२ घन्टा अगाडि