रुपन्देही खबर , ३२० पटक हेरिएको
परासी,भदौ २६
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रशासन कार्यालयले कारागार कार्यालयबाट बाहिरिएका कैदीबन्दीलाई तुरुन्तै कारागार फर्कन आग्रह गरेको छ।
जिल्ला सुरक्षा समितिको भदौ २६ गते बसेको बैठकको निर्णयअनुसार भदौ २५ गते कारागारभित्र कैदीबन्दीहरूले आगजनी र तोडफोड गरी अराजक स्थिति सिर्जना गरेका थिए। सो क्रममा सुरक्षात्मक कारबाही चलाउँदा केही कैदीबन्दी कारागारबाट बाहिरिएका थिए।
प्रमुख जिल्ला अधिकारी हिसलील रेग्मीले जारी गरेको सूचनामा भनिएको छ, “कारागार कार्यालयबाट बाहिर निस्किएका कैदीबन्दीहरू यथाशीघ्र कारागारमा फर्कनु पर्नेछ, अन्यथा कानून बमोजिम आवश्यक कारबाही हुनेछ।” प्रशासनले कैदीबन्दीहरूलाई कानूनी दायरामा फर्कन चेतावनी दिँदै समाजमा शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई सहयोग गर्न समेत आग्रह गरेको छ।
प्रकाशित मिति: २०२५-०९-११ , समय : १३:३७:४६ , २ महिना अगाडि