रुपन्देही खबर , १६६ पटक हेरिएको

भैरहवा,भदौ २७
रुपन्देही जिल्लामा संभावित प्रदर्शन र झडपको आशंकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले शुक्रबारदेखि अर्को आदेश नभएसम्मका लागि आदेश लागू गरिएको जानकारी दिनुभयो।
जारी आदेशअनुसार राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागू हुनेछ। यस अवधिमा सर्वसाधारणलाई आवतजावत, सभा, जुलुस वा भेला गर्न पूर्ण निषेध गरिएको छ।
त्यस्तै, बिहान ६ बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। यस अवधिमा पाँच जनाभन्दा बढी भेला भई अनशन, धर्ना, जुलुस वा प्रदर्शन गर्ने गतिविधि प्रतिबन्धित गरिएको छ।
प्रजिअ पाण्डेले आदेश उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिनुभएको छ।
प्रकाशित मिति: २०२५-०९-१२ , समय : १६:००:४९ , २१ घन्टा अगाडि