सबै कार्यालयका प्रमुखहरूलाई आजै अनिवार्य कार्यस्थल पुग्न सरकारको निर्देशन

रुपन्देही खबर , ५९४  पटक हेरिएको

काठमाण्डौ,असोज १८

देशभर मध्यमदेखि ठूलो वर्षा भइरहेकाले सरकारले सबै मन्त्रालय अन्तर्गतका जिल्लाका कार्यालय प्रमुखहरूलाई आजै अनिवार्य रूपमा कार्यस्थल पुगिसक्न निर्देशन दिएको छ । त्यसै अनुसार सतर्कता अपनाउन, पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै जिल्ला समन्वय अधिकारी तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न आज पत्राचार गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: २०२५-१०-०४ , समय : १६:०७:३६ , ८ महिना अगाडि