लुम्बिनी साँस्कृतिक नगरपालिका–२ मा बृहत् सरसफाइ अभियान सम्पन्न

रुपन्देही खबर , ९२  पटक हेरिएको

लुम्बिनी, कार्तिक २

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–२, मुजहना क्षेत्रमा “एक कदम सरसफाइमा, हजार कदम परिवर्तनमा” भन्ने मूल नाराका साथ आज बृहत् सरसफाइ अभियान सम्पन्न गरिएको छ।

मुजहना साथी संजालको आयोजना,सुनगाभा सामुदायिक विकास केन्द्रको समन्वय र लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. २ कार्यालयको सहयोगमा सरसफाइ अभियान सञ्चालन गरिएको हो।

अभियानमा वडा अध्यक्ष इनामुल्लाह फकीर, वडा सदस्यहरू, नगर प्रहरी, मुजहना साथी संजालका सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य केन्द्र प्रमुख, आमा सुक्रौली चौकीका सुरक्षाकर्मी तथा स्थानीय युवा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

सहभागीहरूले सडक, सार्वजनिक स्थान र वरपरका क्षेत्रहरूमा सरसफाइ कार्य गर्दै स्वच्छ र स्वस्थ वातावरण निर्माणका लागि जनचेतना फैलाउने उद्देश्य राखिएको बताएका छ्न ।

यस्तै गरि वडा अध्यक्ष ईनामुल्लाह फकीरले बोल्दै “ समाजलाई सफा, स्वस्थ र सुन्दर बनाउने जिम्मेवारी सबैको भएको बताउदै आजको यो अभियान केवल सरसफाइको काम नभइ चेतनाको सुरुवात पनि भएको बताउनु भएको छ। उहाले मुजहना हाम्रो घर हो, र घरलाई सफा राख्नु हामी सबैको कर्तव्य भएको उल्लेख गर्नु भयो । वडा कार्यालयले आगामी दिनमा पनि यस्ता सरसफाइ अभियानहरूलाई निरन्तरता दिने बताउदै अध्यक्ष फकिरले घर–आँगन सफा राख्ने, फोहर व्यवस्थापन गर्ने र बालबालिकालाई पनि सरसफाइको महत्व बुझाउने कार्यमा जोड दिने प्रतिबद्धता गर्नु भएको छ । नागरिक, संघ–संस्था र युवाहरूको साथ र सहयोगले हाम्रो वडा सफा, हरियाली र स्वास्थ्यपूर्ण बन्दै जानेछ।”उहाले भन्नू भयो।
स्थानीय बासिन्दाहरूले पनि यस्ता सरसफाइ अभियानले समुदायमा सहकार्य, सचेतना र एकता बढाएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: २०२५-१०-१९ , समय : १६:०६:१४ , ६ घन्टा अगाडि