रुपन्देही खबर , ७८ पटक हेरिएको
भैरहवा, कार्तिक २०
सिद्धार्थनगर नगरपालिका क्षेत्रमा आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण अभियान सुरु गरिएको छ । देशव्यापी रुपमा सञ्चालन भइरहेको उक्त अभियानअन्तर्गत ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि (एल्बेन्डाजोल) खुवाइने कार्यक्रम सुरु भएको हो ।
नगर स्वास्थ्य शाखाका अनुसार बालबालिकाको शारीरिक विकास र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न यो अभियान नियमित रुपमा हरेक वर्ष दुई पटक सञ्चालन हुँदै आएको छ । अभियानलाई प्रभावकारी बनाउनका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र शिक्षकहरूलाई समेत परिचालन गरिएको छ ।
सिद्धार्थनगर नगर स्वास्थ्य प्रमुखले सबै अभिभावकलाई आफ्नो बालबालिकालाई नजिकको स्वास्थ्य संस्था, वा विद्यालयमा गई भिटामिन ‘ए’ र जुकाको औषधि अवश्य खुवाउन आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति: २०२५-११-०६ , समय : १२:०८:४५ , ४ घन्टा अगाडि