नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

रुपन्देही खबर , ४८  पटक हेरिएको

तस्वीर : क्यान

काठमाण्डौ,कार्तिक २१

विश्वकप छनोट तथा यूएईमा एकदिवसीय र वेस्ट इण्डिजविरुद्ध सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानबाट स्वदेश फर्किएको टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्यानका सचिव पारस खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

टोलीले यूएईमा वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक श्रृंखला जितेको थियो भने ओमानमा टी २० विश्वकप छनोटको उपाधि जितेको छ । यूएईमा भएको आईसीसी विश्वकप लिग २ मा भने नेपालको प्रदर्शन खराब रह्यो ।

प्रकाशित मिति: २०२५-११-०७ , समय : १२:५५:२९ , ७ घन्टा अगाडि