एक्यान लुम्बिनी र रुपन्देहीको अध्यक्षमा अर्याल र पान्डे निर्वाचित

रुपन्देही खबर , ८३  पटक हेरिएको

बुटवल, कार्तिक २४

चार्टर्ड एकाउण्टेण्ट्हरुको छाता संस्था नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) लुम्बिनी प्रदेश र रुपन्देही जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको ३६ औं कार्यसमितिको लागि भएको निर्बाचनबाट लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

निर्वाचनबाट नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ लुम्बिनी प्रदेश अध्यक्षमा सि.ए. शंकर अर्याल र रुपन्देहीको जिल्ला अध्यक्षमा सि.ए. अच्यूत पाण्डे निर्बिरोध निर्बाचित भएका छन । समितिको कार्यकाल २ वर्षको रहनेछ ।

बिगत १० बर्ष देखि बिभिन्न संघ संस्थामा काम गर्दै आएका लुम्बिनी प्रदेशमा निर्वाचित प्रमुख अर्याल हाल रुपन्देहीमा अडिट पेशामा संलग्न छन । उनले सम्पूर्ण सदस्यहरुको हक़ हितका लागि कार्यक्रम गर्ने र सबैलाई एक जुट बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन ।

यस्तै केन्द्रीय अध्यक्षमा सि. ए. अनुप नेपाल निर्बाचित भएका छन । आफ्ना प्रतिद्वन्द्वी सि. ए. बद्री कुमार गुरागाईलाई ६८ मतले पराजित गर्दै नेपाल अध्यक्षमा निर्वाचित भएका हुन । केन्द्रीय कार्यसमितिको लागि लुम्बिनी प्रदेशमा रुपन्देही र बाँकेमा निर्वाचन भएको थियो ।

प्रकाशित मिति: २०२५-११-१० , समय : ०९:२९:३४ , ३ दिन अगाडि