रुपन्देही खबर , १८७ पटक हेरिएको
भैरहवा,कार्तिक २४
विश्व रेडियाग्राफी दिवसका अवसरमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस), शिक्षण अस्पताल भैरहवामा रेडियोलोजी विभागले आयोजना गरेको ‘रेडियोलोजीः बियोन्ड इमेजिङ’ कार्यशाला सम्पन्न भएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा रेडियोलोजी विभागका प्रमुख प्रा.डा. सदन मूखिको सभापतित्वमा तथा प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि पी.एस.ले युसीएमएसमा रेडियोलोजी सेवाले करिब २५ वर्षदेखि निरन्तर गुणस्तरीय सेवा दिइरहेको जानकारी दिनु भएको छ । उहाले चाँडै नै अस्पतालले अत्याधुनिक २८ स्लाइस सिटी–स्क्यान मेसिन सञ्चालनमा ल्याउन लागिएको घोषणा गर्नु भएको छ । उहाका अनुसार नयाँ प्रविधिले विरामी उपचारमा थप गति र विश्वास सिर्जना गर्नेछ।
कार्यक्रममा प्रा.डा. सन्तोष शाह, प्रा.डा. कृष्ण कुमार अग्रवाल, उप प्रा.डा. राजकुमार केसी, डा. सन्तोष मिश्र, डा. निश्चल गौतमलगायतका विशेषज्ञहरूले स्वास्थ्यमा रेडियोलोजीको बढ्दो महत्व, अन्तर्राष्ट्रिय स्तरमा विकसित प्रविधिहरू, अन्तरविभागीय समन्वय र रोगको सही निदानमा रेडियोलोजीको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नु भएको छ ।
कार्यक्रममा सह–प्राचार्य प्रा.डा. हेमन्त हलुवाई, सह–प्रा.डा. सन्जु रावल, डा. वर्दान ओली, डा. कृष्ण थापा, डा. राजेन्द्र केसी, डा. रविन्द्र उपाध्याय, मेट्रोन विष्णु गुरुङ, एमआईटी संयोजक सुभाष चन्द्र यादव, प्रशासन संयोजक तेजकुमार केसी, विभिन्न आवासीय चिकित्सक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।
विश्व रेडियाग्राफी दिवसकै अवसरमा अध्ययनरत विद्यार्थीबीच हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो। गत वर्ष रेडियोलोजी विभागले ४४ हजार ८४६ एक्स–रे, २४ हजार ८४८ भिडियो एक्स–रे, ७ हजार २७६ सिटी–स्क्यान, ३ हजार १७३ एमआरआई, ८०२ कलर–डप्लर, २२१ ईईजी, १२६ मेमोग्राफी र २ हजार ७४० ओपीजी सेवामार्फत विरामीलाई सेवा प्रदान गरेको विवरण सार्वजनिक गरिएको थियो।
कार्यक्रम सञ्चालन डा. महामुनिर अहमदले गर्नु भएको थियो भने स्वागत मन्तव्य सह–प्रा.डा. सन्जु रावलको रहेको थियो ।
प्रकाशित मिति: २०२५-११-१० , समय : १०:३७:५९ , ३ दिन अगाडि