उर्मिला यादव यात्री , १०० पटक हेरिएको
भैरहवा कार्तिक २६
हाम्रो आह्वान मानव बेचबिखन बिरुद्धको अभियान भन्ने मुल नाराका साथ शान्ति पुनस्थार्पना गृह सिनपा १ बेलहिया रुपन्देहीले आ.ब. २०८१/८२ मा संचालित कार्यक्रमहरुको बार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रम भैरहवामा सम्पन्न गरेको छ । शान्ति पुनस्थार्पना गृहका संस्थापक अध्यक्ष शान्ता सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाइको प्रमुख आतिथ्यतामा बुधबार भैरहवामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख चपाईले रुपन्देही जिल्ला भारतिय सिमा संग जोडिएकोले मानव बेचबिखन तथा ओसापसारको उच्च जोखिममा रहेकोले सामाजिक संघसंस्थाको मात्र दायित्व नभइ सबै हातेमालो गर्दै यसको निराकरण तर्फ लाग्नुपर्ने बताउनु भएको छ । उहाले रुपन्देहीमा मानव बेचबिखन तथा मानव तस्करी रोक्नका लागी यहाका स्थानिय,बेलहियाका बिभिन्न संघसंस्था, सरोकारवाला निकाय लगायत सबैले आफना दायित्व निर्वाह गर्नुपर्ने जोड दिनु भयो ।

उहाले स्थानिय तहले बिभिन्न किसिमका सिप बिकासका तालिमहरु संचालन गर्दै आएकोले जोखिममा रहेका महिला तथा बालबालिकाहरुलाई यसमा जोडन सकिने बताउनु भएको छ । उहाले रुपन्देही जिल्लालाई नमुना जिल्ला बनाउनका लागी जिल्ला समन्वय समिती पनि क्रियासिल भएर काम गर्दै आएको उल्लेख गर्नु भयो । उहाले १६ वटै स्थानिय तहमा कस्तो किसिमको समस्या छ सो सहित तथ्यांक उपलब्ध भएमा मात्र जोखिममा रहेका बालबालिकाहरुलाई पालिकासंग समन्वय गरी आवश्यक सिपमुलक कार्यक्रमहरुमा जोडन सकिने उल्लेख गर्नु भयो ।

शान्ति पुर्नस्थापना गृहका संस्थापक अध्यक्ष शान्ता सापकोटाले धेरै मानवबेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार गर्नु नै आफनो पहिलो मिसन र भिजन भएको बताउनु भएको छ । उहाले देशको मुख्य समस्या नै बेरोजगारी रहेको बताउदै अर्काे तिर कानुन हुदा हुदै पनि कार्यान्वयन पक्ष फितलो भएको बताउनु भएको छ । उहाले अब मानव बेचबिखनका जघन्य अपराधका बिषयहरु पाठयपुस्तकमा राख्नु पर्ने बताउनु भएको छ । उहाले नेपाली चेलीहरुलाइ राम्रो कामको प्रलोभन देखाइ स्कीन ड्राफट ,मनी ट्रान्र्सफर, हातहतियार ओसार पोसारका लागी मानव तस्करी गरिरहेको उल्लेख गर्नु भयो । उहाले मानव बेचबिखन एक्लैले निर्मुल गर्न नसक्ने भएकोले यसमा राज्य लाग्नुपर्ने बताउनु भयो ।उहाले महिलाले हक अधिकार पाए मात्र केही गर्न सक्ने उल्लेख गर्दै स्थानिय तहले सिपमुलक तालिम दिएर रोजगारी संग जोडन सके पनि केही हद सम्म मानव बेचबिखनका घटनामा कमी आउन सक्ने उल्लेख गर्नु भयो । यो अभियान ग्रासरुट लेबलबाट नै सुरुवात गर्नुपर्ने बताउनु भयो ।

शान्ति पुर्नस्थापना गृह सिनपा १ बेलहिया रुपन्देहीका सुपरभाइजर अन्जु चौधरीले गृहले गरेका काम र प्रगति बिवरणबारे जानकारी दिदै गृहले आ.ब. २०८१ र ८२ मा २ सय ७९ जनालाई उद्धार गरेको बताउनु भएको छ । भने सात हजार सात सय १५ जनालाई परार्मश प्रदान गरिएको जानकारी दिनु भयो । जसमा बेलहिया नाकाबाट एक सय ७४ जनालाई उद्धार गरिएको छ भने ५ हजार ५ सय ४० जनालाई परामर्श प्रदान गरिएको छ भने प्रहरी प्रशासनको समन्वयमा ४ वटा बलात्कारका मुद्धा समेत दर्ता गरिएको चौधरीले जानकारी दिनु भयो ।
यस्तै गरी बुटवलबाट एक सय ५ जनालाई उद्धार गरिएको छ भने २ हजार एक सय ७५ जनालाई परर्मश प्रदान गरिएको छ । यस्तै गरी लुम्बिनी प्रदेशबाट २ सय ७९ जनालाई उद्धार गरिएको छ भने सात हजार सात सय १५ जनालाई परार्मश प्रदान गरिएको शान्ति पुर्नस्थापना गृह सिनपा १ बेलहिया रुपन्देहीका सुपरभाइजर अन्जु चौधरीले बताउनु भयो । जस अन्र्तगत रुपन्देहीबाट १ सय २२ जनालाई उद्धार गरिएको छ भने २ हजार ४ सय ८४ जनालाई परामर्श प्रदान गरिएको चौधरीले बताउनु भयो । यस्तै गरी कपिलबस्तुबाट १० जनालाई उद्धार गरिएको छ भने २ सय ३१ जनालाई परार्मश प्रदान गरिएको छ ।
यस्तै गरी पश्चिम नवलपरासीबाट ३३ जनाको उद्धार गरिएको छ भने ७ सय ३८ जनालाई परार्मश प्रदान गरिएको छ । यस्तै गरी पाल्पाबाट १८ जनाको उद्धार गरिएको छ भने ६ सय ५९ जनालाई परामर्श प्रदान गरिएको छ ।
यस्तै गरी गुल्मीबाट १८ जनालाई उद्धार गरिएको छ भने एक हजार एक सय २ जनालाई परार्मश प्रदान गरिएको छ । यस्तै गरी अर्घाखांचीबाट ४ जनाको उद्धार गरिएको छ भने तीन सय ६ जनालाई परार्मश प्रदान गरिएको छ । यस्तै गरी प्युठानबाट ४ जनालाई उद्धार गरिएको छ भने १ सय ६६ जनालाई परार्मश प्रदान गरिएको छ । यस्तै गरी रोल्पाबाट २ जनालाई उद्धार गरिएको छ भने ३५ जनालाई परार्मश प्रदान गरिएको चौधरीले बताउनु भएको छ ।
यस्तै गरी दांगबाट ५ जनालाई उद्धार गरिएको छ भने १ सय २० जनालाई परार्मश प्रदान गरिएको छ । यस्तै गरी बांके बाट १ जनालाई उद्धार गरिएको छ भने १३ जनालाई परार्मश प्रदान गरिएको छ । यस्तै गरी बर्दियाबाट ३ जनालाई उद्धार गरिएको छ भने ३४ जनालाई परार्मश प्रदान गरिएको छ । चौधरीले गृहले सिमा निगरानी कार्यक्रम, परामर्श र उद्धार, पुनस्र्थापना र पुनर्मिलन, जन सम्पर्क, अन्तरदेशिय कार्यक्रम, क्षमता विकास, जनचेतनामुलक कार्यक्रमहरु, यातायात व्यवसायी संगको सम्पर्क र समन्वय होटल व्यवसायी संगको सम्पर्क र समन्वय लगायतका कार्यक्रम संचालन गर्दै आएको समेत बताउनु भएको छ ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले शान्ति पुनःस्थापना गृहले लैङ्गिक हिंसा पीडित महिलालाई आश्रय, पुनःस्थापना र सशक्तीकरणका माध्यमबाट समाजमा पुनःस्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भएको छ । उहाँले संस्थाको पारदर्शिता र उत्तरदायित्व वृद्धि गर्ने यस्ता सामाजिक लेखा परीक्षण कार्यक्रम सराहनीय रहेको उल्लेख गर्नुभएको छ ।

त्यस्तै,गरी शान्ति पुर्नस्थापना गृहका सल्लाहकार युवराज खरेलले संस्थाले विगत एक वर्षमा गरेका कार्यहरू समाजमा प्रत्यक्ष प्रभाव पार्ने खालका रहेकाले त्यसको निरन्तरता र सुदृढिकरण जरुरी रहेको बताउनुभयो ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलले कानुनी सल्लाह र सहयोगमार्फत पीडितहरूलाई न्यायसम्मको पहुँच दिलाउनका लागि सरकारी निकाय सधैं सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज गुरुङले महिला हिंसा न्यूनीकरणका लागि प्रहरी प्रशासनले निरन्तर निगरानी र सहयोग गर्दै आएको जनाउँदै, समाजमा सचेतना फैलाउन नागरिक समाज र संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत अदित ठाकुरले मानव अधिकार र महिला अधिकार संरक्षणमा शान्ति पुनःस्थापना गृहले पु¥याएको योगदान उल्लेखनीय रहेको बताउँदै आगामी दिनमा पनि आयोगको सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. भैरहवाका अध्यक्ष सुरेन्द्र कुमार क्षेत्रीले संस्थाले समाजसेवामा गरेको योगदान प्रशंसनीय रहेको भन्दै निजी क्षेत्र पनि यस्ता सामाजिक कार्यमा सहकार्यका लागि सदैव तयार रहने बताउनु भएको छ । कार्यक्रम शान्ति पुर्नस्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भुमीराज भटटराईले संचालन गर्नु भएको कार्यक्रममा सरोकारवाला निकाय तथा बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-११-१२ , समय : २२:१९:१२ , ४ घन्टा अगाडि