प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

रुपन्देही खबर , ७०  पटक हेरिएको

तस्वीर : रासस

काठमाण्डौ, कार्तिक २७

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाउनुभएको छ । गृह मन्त्रालयमा आज विहान भएको कार्यक्रममा गृह–सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिनुभएको हो ।

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण चन्द्रकुवेर खापुङ गएराति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो । कार्कीले आजै प्रहरी प्रधान कार्यालय पुुगेर पदभार गर्दै हुनुहुन्छ ।

३३औँ महानिरीक्षकमा कार्कीले २०८४ साल चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नुहुनेछ । गएको सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।

प्रकाशित मिति: २०२५-११-१३ , समय : १२:५७:०४ , ३ घन्टा अगाडि