रुपन्देही खबर , १०३ पटक हेरिएको
भैरहवा, मंसिर ४
जवरजस्ती करणी मुद्धामा फरार रहेका एक अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार, परिवर्तित नाम भैरहवा–३४ (२०८१/०८/०२) लाई २०८१ साल मंसिर ९ गते जवरजस्ती करणी गरेको अभियोग लागेको र घटना पछि फरार रहेका मर्चवारी गाउँपालिका–५, बनियाडिहाका २१ वर्षीय दिलिप गौड पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरी टोलीले उनलाई मंसिर ३ गते मर्चवारी गाउँपालिका–३, सुरहवा क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाइएको छ। उनलाई आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप तथ्यहरू संकलन गर्दै अनुसन्धान जारी छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले प्रकरणलाई आवश्यक कानुनी दायरामा अघि बढाइँदै सत्यतथ्य स्थापित गर्ने कार्य भइरहेको जानकारी दिनुभएको छ।
प्रकाशित मिति: २०२५-११-२० , समय : २२:४१:२८ , ६ घन्टा अगाडि