रुपन्देही खबर , ६६ पटक हेरिएको
तिलोत्तमा,मंसिर ७
शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरणको दोस्रो कार्यक्रम वडानम्बर–२ कार्यालय भवनमा शनिबार सम्पन्न भएको छ । नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका मा।वि। तहका विद्यार्थीबीच “असल नेतृत्वमा आधारित” प्रतिस्पर्धा गराउन गत सातादेखि प्रारम्भिक प्रशिक्षण सहितको छनौट कार्यक्रम शुरू गरिएको संस्थाका जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले जानकारी दिनुभयो ।
तालिम सहितको प्रतियोगिताको आज ९शनिबार०को उद्घाटन गर्दै तिलोत्तमा –०२ का वडा सदस्य पूर्णकला भट्टराई वि।क।ले आफ्ना वडाका किशोर–किशोरीका राय बुझ्न पाइने कार्यक्रम सञ्चालन भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
शुभयात्रा नेपाल वनवाटिका समितिका संयोजक तीर्थराज पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय योजना सँगै अन्य रचनात्मक क्रियाकलापमा संस्था गतिशील भएको बताउनुभयो । उहाँले नेपालका ३ वटा देवभूमिक्षेत्र, ७ वटा गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटनका पञ्चसूत्रीय योजनामा शुभयात्रा नेपाल केन्द्रित भएको जानकारी दिनुभयो ।
संस्थाका सदस्य कमल भण्डारीको सञ्चालनमा भएको कार्यक्रमबीच संस्थाका जिल्ला अध्यक्ष एवम् विश्व वक्तृत्वकला प्रतियोगितामा सान्त्वना भएका जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले सहभागीलाई प्रतियोगिता अघि प्रशिक्षण समेत दिनुभएको थियो ।
त्यसैगरी, प्रतियोगिताको प्रस्तुतिपश्चात् मौखिक र लिखित रूपमा सबै सहभागीलाई सुझाव समेत दिइएको निर्णायक मण्डलका संयोजक कुलबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रारम्भिक प्रशिक्षण एवम् छनौट प्रतियोगितामा पहिलो हुँदै न्यू लाइट मा।वि।को कक्षा ९ का विद्यार्थी अब्सन अर्याल नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गर्नुभएको छ । त्यसैगरी, जनजागृति मा। वि। का कक्षा १० का अनुष्का पौडेल दोस्रो र तिलोत्तमा मा। वि। कक्षा १२ का प्रतिक बस्नेत तेस्रो हुनुभएको छ ।
नगरका सत्रवटै वडाका प्रारम्भिक चरणपछि अन्तिम प्रतिस्पर्धा गराइने नगर संयोजक ईश्वरी प्रसाद पाण्डेयले जानकारी दिनुभयो । आगामी मंसिर ६ गते वडानम्बर –२ मा बसोबास गर्ने विद्यार्थीबीच छनौट प्रतियोगिता हुनेसमेत उहाँले बताउनुभयोे । शुभयात्रा नेपाल वनवाटिका समितिले आयोजना गरेको कार्यक्रममा संस्थाका वनवाटिका समितिका आजीवन सदस्य कल्पना चापागाईँ, नगर समितिका सह–सचिव महेन्द्र बस्नेत, निर्णायकहरूः विष्णुप्रसाद अर्याल, वेदप्रसाद न्यौपाने लगायतले बोल्नुभएको थियो ।
प्रकाशित मिति: २०२५-११-२३ , समय : ०८:४८:३३ , ४ घन्टा अगाडि